म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी

सफल खबर संवाददाता

विहीबार, २६ फागुन २०७८, १५ : ११
म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको छैनः नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले आज एक विज्ञप्ति जारी गरी आगामी स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना ननिकालेको स्पष्ट पारेको छ ।

‘स्थानी तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौँ,’ प्रहरीले विज्ञप्तिमा भनेको छ । 

आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धि सूचना नेपाल प्रहरीको वेबसाइटमा र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित गरिने विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस