नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुँदैछ: परराष्ट्रमन्त्री खड्का

सफल खबर संवाददाता

सोमबार, २३ फागुन २०७८, १६ : ०३
नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुँदैछ: परराष्ट्रमन्त्री खड्का

काठमाडौं । परराष्ट्रमन्त्री डा‍.नारायण खड्काले नेपालमा विदेशी मुलुकबाट उच्च स्तरीय भ्रमण हुन लागेको बताएका छन् । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उच्च स्तरीय भ्रमण हुन लागेको जानकारी गराएका हुन् । यद्यपि उनले कसको भ्रमण हुन लागेको भन्नेबारे खुलाएनन् ।

मन्त्री खड्काले अहिलेको सरकार बनेपछि नेपाललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको पनि दावी गरे । आफ्नो साढे पाँच महिनाको कार्यअवधिको समीक्षा गर्दै नले भने ‘अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लिडर समिटमा प्रधानमन्त्रीलाई स्थान दिनुभएको थियो । त्यो समिटले नेपालको भूमिका पहिचान गराउने कार्य भएको छ ।’

संयुक्त राष्ट्रसँघमा नेपालको उपस्थिति बलियो हुँदै गएको पनि मन्त्री खड्काको दाबी छ । त्यस्तै ५३३ नेपालीलाई सुरक्षित रुपमा युक्रेनबाट अन्य देशमा पठाइएको खड्काले जानकारी गराए ।

अफगानिस्तानको मानवीय संकटमा सहयोग पु¥याउनका लागि नेपालले सक्रियता देखाएको र त्यसले मानवीय सेवामा ठूलो सन्देश गएको मन्त्री खड्काले दाबी गरे ।बेलायतमा भूपू गोर्खाको मुद्धा उठान भएको, हराएका पूरातात्विक सामग्री फिर्ता ल्याइएको र ईपासपोर्ट वितरण आफ्नो कार्यकालको सफल काम भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस