काठमाडौं । नेकपा माओवादी केन्द्रका तीन नेताले एमसीसीबारे पार्टीले गरेको निर्णयका सन्दर्भमा नोट अफ डिसेन्ट राखेका छन् । नेताहरु लीलामणि पोखरेल, देव गुरुङ र कृष्ण बहादुर महराले पार्टी कार्यालयमा केन्द्रीय समिति बैठकमा छलफलका गरियोस् भनी दर्ता गराएको नोट अफ डिसेन्ट अध्यक्ष दाहालले सोमबारको बैठकमा प्रस्तुत गरेका छन ।
सो नोट अफ डिसेन्टमा यही फागुन १५ गते सदनबाट व्याख्यात्मक घोषणा गरी एमसीसी अनुमोदन गर्ने निर्णयमा असहमति रहेको स्पष्ट गरिएको छ ।एमसीसी सम्झौता आर्थिक सहायताको सम्झौता भनिएको भएतापनि पछिल्लो समयमा अमेरिकी अधिकारीहरूले यस सम्झौतालाई हिन्द प्रशान्त महासागरीय रणनैतिक साझेदारीको अंग भनेको तीन नेताले जनाएका छन् । अमेरिकी अधिकारीले नै सम्झौतालाई संसद्बाट अनुमोदन गराउनका लागि नेपालको आन्तरिक मामिलामा हस्तक्षेपको तहसम्म उठेर बारम्बार दवाब दिनुले यो सम्झौताको पछाडिको सामरिक उद्देश्य अनरुप अन्तर्निहित रहेको यथार्थता प्रष्ट भएको ती नेताको भनाइ छ ।
यस्तो सम्झौताबारे गहन छलफल र राष्ट्रिय सहमति बिना हतारमा सदनबाट वैधानिक मान्यता दिन अनुमोदन गरिनु झन् गम्भीर गल्ती भएको नोट अफ डिसेन्टमा उल्लेख गरिएको छ । संसदमा प्रतिपक्षले ६ महिना पूर्वदेखि बैठक अवरुद्ध गरिरहेको अवस्थामा संसदको बैठक सञ्चालन सम्बन्धी सामान्य प्रजातान्त्रिक विधिसम्म पनि अवलम्बन नगरी एक दिनमा रातारात नोकरशाही ढंगले अनुमोदन गरिएको भन्दै नेताहरुले यी विषयहरुमा पार्टीमा गम्भीरताका साथ आत्मसमीक्षा गर्न माग गरेका छन् ।
बैठकमा अध्यक्ष दाहालले पार्टीभित्र मतभेद रहेको स्वीकार गर्दै एमसीसीका सन्दर्भमा देखिएका नोट अफ डिसेन्ट लगायतका विषयमा आगामी स्थानीय तहको निर्वाचनपछि छलफल गरिने जवाफ दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ फागुन २०७८, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
राजावादीको रणनीति असफल भयो: प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
सरकारले बिचौलिया र दलालहरूको पक्षपोषण गरिरहेको छ: महासचिव गुरुङ