बैंकिङ कसुरमा दोषी ठहर भएका घिमिरे पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १६ : ५५
बैंकिङ कसुरमा दोषी ठहर भएका घिमिरे पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भएका काभ्रे पाँचखाल–९ का ३६ वर्षीय श्यामसुन्दर घिमिरे पक्राउ परेका छन् । 

गत २८ मंसिर र २७ माघमा उच्च अदालत, पाटन ललितपुरले उनलाई बैंकिङ कसुरमा २६ लाख रुपैयाँ जरिवाना र आठ दिनको कैदको फैसला सुनाएको थियो ।

तर, फरार रहँदै आएका उनलाई आइतबार काठमाडौं जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।प्रहरीका अनुसार उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस