दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् ।
चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० फागुन २०७८, १७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगोमा जलेर २ जनाको मृत्यु
प्रदर्शनकारीले स्वास्थ्य मन्त्रालयमा पनि लगाए आगो