पल प्रकरणमा दुर्गेशले दिए बयान

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १५ : ०६
पल प्रकरणमा दुर्गेशले दिए बयान

काठमाडौं । नाबालिकलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहको प्रकरणमा गायक दुर्गेश थापाले बयान दिएका छन् ।

दमौलीस्थित जिल्ला प्रहरी कार्यालयमा उनले बयान दिएका हुन् । थापासँगै गायक सम्राट चौलागाईंले पनि बयान दिएका छन्  ।   पलका समर्थकले नाराबाजी गरिहेका बेलामा उनीहरूले बयान दिएका हुन् ।

नाबालिक गायिकाले पलविरुद्ध बलात्कारको जाहेरी दिएपछि पल गत आइतबार प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका थिए । प्रहरीले जिल्ला अदालत तनहुँबाट अनुमति लिई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ। अहिले कलाक्षेत्र दुई भागमा विभाजित भएको छ( पल शाह समर्थनमा र विपक्षमा । विभिन्न कलाकारहरूले पनि पक्ष विपक्षमा रही आफ्ना मत दिइरहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस