काठमाडौं । विगत केही वर्ष देखि सार्वजनिक बिदा कटौती गर्दै आईरहेको सरकारले आँउदो वर्ष भने ९ दिन बिदा थप गर्ने भएको छ । सरकारले थप गरेको बिदामा आगामी वर्ष विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म दसैं बिदा हुने भएको छ ।
यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो । नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् ।
आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मदजयन्तीमा पनि बिदा दिने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ । यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० फागुन २०७८, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
गर्मी बढेपछि भरतपुर महानगरपालिकाले दियो ३ दिन विद्यालयलाई सार्वजनिक बिदा
बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा