काठमाडौं । विगत केही वर्ष देखि सार्वजनिक बिदा कटौती गर्दै आईरहेको सरकारले आँउदो वर्ष भने ९ दिन बिदा थप गर्ने भएको छ । सरकारले थप गरेको बिदामा आगामी वर्ष विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म दसैं बिदा हुने भएको छ ।
यसअघि टीकाको भोलिपल्ट (एकादशी) सम्म मात्र बिदा हुन्थ्यो । त्यस्तै, तिहारमा भाइटीकाको भोलिपल्ट पनि बिदा हुने भएको छ । आगामी वर्षका लागि सरकारले नौ दिन चाडपर्व बिदा बढाएको छ । गृह मन्त्रालयको प्रस्तावअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ०७९ मा दसैँ–तिहारको बिदासमेत लम्ब्याएर नौ दिन बढाएको हो । नेवार समुदायले त्यस दिन भाइटीकाकै रूपमा किजा पूजा गर्छन् ।
आगामी वर्ष क्रिसमस, धान्नेपूर्णे (वैशाख पूर्णिमा), मोहम्मदजयन्तीमा पनि बिदा दिने निर्णय भएको छ । तमु तथा सोनाम ल्होसार र मुस्लिम समुदायको दुईवटा चाडमा पनि बिदा दिने निर्णय भएको छ । यो वर्ष पनि मन्त्रिपरिषद्का निर्णयका आधारमा यी चाडपर्वमा बिदा दिइएकोमा आगामी वर्ष भने बिदासम्बन्धी सूचनामै यसलाई समेट्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० फागुन २०७८, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा