काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, १६ : ४४
काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को साविक विजेता टिम काठमाडौं रेजर्सले बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौंले एनएसएलको दोस्रो संस्करणका लागि बाल गोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । यस्तै काठमाडौंले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीको रुपमा सम्झौता नविकरण गरेको छ ।

पहिलो संस्करणको उपाधि काठमाडौंले जित्दा विकेश कप्तान र बाल गोपाल नै प्रशिक्षक रहेका थिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधी जित्ने लक्ष्यका साथ तयारी गर्ने बताए ।

त्यस्तै मार्की खेलाडी विकेश कुथुले यसपटक पनि आफ्नो टीमले नै उपाधि जित्नका लागि सम्पूर्ण शक्ति लगाउने बताए । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।

दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो, भने उपाधी काठमाडौं रेजर्सले नै जितेको थियो ।

 

प्रतिक्रिया दिनुहोस