कृषि तथा वन बिज्ञान विश्वविद्यालयको मनपरी– सेवा आयोगबाट सिफारिस भएकालाई नियुक्ति नदिएर करारमा शिक्षक नियुक्ति गर्ने खेल

प्रकाश सिग्देल

विहीबार, १९ फागुन २०७८, १४ : ३१
कृषि तथा वन बिज्ञान विश्वविद्यालयको मनपरी– सेवा आयोगबाट सिफारिस भएकालाई नियुक्ति नदिएर करारमा शिक्षक नियुक्ति गर्ने खेल

चितवन ।  कृषि तथा वन विज्ञान विश्वविद्यालयले सेवा आयोगबाट सिफारिस भएका उमेदवारहरुलाई अहिले सम्म पनि नियुक्ति दिएको छैन् ।  आफुहरु विश्वविद्यालयको सेवामा आउन आतुर हुदाँ हुदै पनि विश्वविद्यालयले नियुक्ति नदिएर राजनितिक प्रतिशोध साध्न खोजेको आरोप छनोटमा परेका प्राध्यापकहरुले लगाएका छन् । छनोटमा पर्न सफल भएका प्राध्यापक डा बसन्त आचार्यले विश्वविद्यालयले आफुहरुमाथी अन्याए गरेको बताए ।

सेवा आयोगले खुल्ला प्रतिशपर्दा मार्फत लिखित र अन्तर्वाता गरी पुसको १२ गते ३८ जना उमेदवार छनोट गरेको थियो । उनीहरुलाई ढिलाइमा ३५ दिन भित्र नियु्त्ति दिइसक्नुपर्नेमा आजसम्म पनि विश्वविद्यालयले नियुक्ति नदिई करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया थालेको हो । 

विश्वविद्यालयको कृषि संकायले चैत्र १ गते बदिबास, महोत्तरी माडीचौर रोल्पा र खजुरा बाँँकेमा शिक्षकहरुको ब्यवस्था नहुदाँ अध्यापन कार्यमा कठिन भएकाले २४ जना शिक्षक करार सेवामा नियुक्ति गर्न स्वीकृत गरिदिनु हुन भन्दै उपकुलपतिलाई पत्र लेखेको देखिन्छ । जुन पत्रले सेवा आयोगको कार्यक्षेत्रलाई लत्याउँदै आफना कार्यकर्ता भर्ती गर्ने मनसाय बोकेको प्रष्ट हुन्छ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वविद्यालयलाई २०७१ पुस १ गते नै पत्र लेखी विश्वविद्यालयले सेवा आयोग मार्फत खुल्ला प्रतिस्प्रर्धाबाट मात्रै शिक्षक कर्मचारी पदपूर्ति गर्नु पर्ने र त्यहा भएका करारका शिक्षक कर्मचारी ६ महिनाभित्र हटाई आगामी दिनमा खुल्ला प्रतिस्प्रर्धा  मार्फत सेवा आयोगबाट मात्रै शिक्षक कर्मचारी लिन प्रष्ट निर्देशन गरेको छ । तर यहा विश्वविद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाईन थालेको छ ।  यस अघि बिभिन्न संकायले जनशंक्ति नभएको भनेर काउन्सिलमा बरम्बार पत्राचार गरेको तर छनोट भएर आएका जनशंक्तिलाई नियुक्ती नदिएर आफना कार्यक्रता भर्ती गर्न खोजेको आरोप छनोटमा परेका प्राध्यापकहरुको छ ।  

सेवा आयोगको अध्यक्ष कल्याणी मिश्रले आफुहरुले प्रक्रिया पुरा गरि सिफारिस गरेको झण्डै २ महिना पुग्दा पनि किन नियुक्ति नदिएको हो आफुहरु अन्योलमा रहेको बताईन् । पुस को १२ गते ३८ जना छनोट गरेको र २ जनाको छनोटमा ढिलाई भएकाले एकै दिन नियुक्ति दिने भनी काम गर्दा केही दिन ढिलाई हुन पुगेको विश्वविद्यालयका उपकुलपति पुण्य प्रसाद रेग्मीले बताए ।    

प्रतिक्रिया दिनुहोस