देवघाट ठिमुरा जोड्ने निर्माणधिन पुल पटक पटक भाचिएपछि क्षमापुजा गरियो

प्रकाश सिग्देल

मंगलबार, १७ फागुन २०७८, १५ : २९
देवघाट ठिमुरा जोड्ने निर्माणधिन पुल पटक पटक भाचिएपछि क्षमापुजा गरियो

चितवन । पुल निमार्णका क्रममा पटक पटक  भाँच्चिएर   मानबिय क्षती समेत भएपछी क्षमा पुजा गरिएको छ । तीन वर्षभित्र निर्माण सकिसक्ने गरी २०७१ कात्तिक २० मा निर्माण सम्झौता भएको चितवनको भरतपुर महानगरपालिका १ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशुली नदीमाथिको  पक्की पुल ७ वर्ष सम्म पनि निमार्ण कार्य पुरा हुन सकेको छैन् । ठेकेदारको लापरबाहीका कारण  पुल निर्माणको क्रममा दुईपटक भत्कियो २ जना कामदारको मृत्यु समेत भयो । बन्दै गरेको पुल भत्किए र मानबिय क्षती समेत भएपछि धार्मीक गुरुहरुको सुझावका आधारमा क्षमा पुजा गरेको निमार्ण समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

गएको वर्ष चैत २४ गते विहानै ठिमुरातर्फ कंक्रिटका भर्खर ढलान गरिएका दुईवटा स्पान भत्किएका थिए । त्यसको एक महिना पनि नहुँदै वैशाख १२ गते पुलको बीच भागमा बनिरहेको ८० मिटर लम्बाइको स्टिल स्पान मजदुरले काम गरिरहेको बेला भत्किएको थियो ।

। उपभोक्ता समितिका अध्यक्ष पौडेलले पुल निर्माणमा हदैसम्म लापरबाही गरिएकोले आफुहरुले ठेकेदारलाई कारबार्ही गरी बाकी काम अगाढी बढाउन सुरुका दिन देखी दबाब दिदै आएको र अहिले काम पनि सुरु हुन थालेको बताए ।

सम्झौता हुँदा पुलको निर्माण लागत १९ करोड १० लाख रुपैयाँ रहेकामा पछि भेरियसन गरेर २१ करोड ६८ लाख पुर्‍याइएको थियो । त्यसको झण्डै ७५ प्रतिशत रकम ठेकेदार कम्पनीले लगिसकेको छ ।

निर्माणको जिम्मा लिएको इलाइट, एडभेन्चर र इन्द्रेणी जेभीले पुल भत्किएपछि खासै काम गरेको छैन । निर्माण कम्पनीले १० करोड जतिको क्षति भएको बताउँदै आएको छ । ठेकेदार कम्पनीले बीमाबाट आउनुपर्ने रकम नआउँदा टेको लगाउने समेत पैसा नभएकोले काम गर्न ढिला भएको बताएको थियो ।   यो पुल बनाउन २०७१ कात्तिक २० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र ९०७४ कात्तिक १९ सम्म पुल बनिसक्नुपथ्र्यो । तर, सम्झौता सकिए पनि विभिन्न बहानामा चार पटकसम्म म्याद थप गर्दै आएको ठेकेदार कम्पनीको म्याद २०७८ असार १२ सम्म तोकिएको थियो ।

चितवन र तनहुँ मात्रै नभएर बागमती र गण्डकी प्रदेशलाई समेत जोड्ने पुल ८.५ मिटर फराकिलो र २२० मिटर लामो छ । डिजाइनअनुसार पुलका चारवटा स्पान रहने र त्यसमा कंक्रिटका ४०– ४० मिटरका तीनवटा र स्टिलको एउटा ८० मिटरको स्पान हुने उल्लेख छ ।

   621deb6ea5415.JPG 621deb75bcaa5.JPG

प्रतिक्रिया दिनुहोस