नायिका रेखा थापाको टिप्पणी : कोसँग लभ छ, कति पटक यौन सम्पर्क भयो ? यस्ता कुराको कानुनलाई मतलव हुनु हुँदैन’

सफल खबर संवाददाता

मंगलबार, १७ फागुन २०७८, ११ : ५३
नायिका रेखा थापाको टिप्पणी : कोसँग लभ छ, कति पटक यौन सम्पर्क भयो ? यस्ता कुराको कानुनलाई मतलव हुनु हुँदैन’

काठमाडौं । अभिनेत्री रेखा थापाले अभिनेता पल शाह र एक नाबालिक गायिका बिच भएको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । सामाजिक संजालबाट प्रतिक्रिया व्यक्त गर्दै नायिका थापाले समाजले नाबालिकाको संरक्षण विशेष ध्यान पु¥याउनुपर्ने बताएकी हुन् । 

यो विषयलाई लिएर पक्ष र विपक्षमा समर्थकहरु धु्रवीकृत भईरहेका बेला उनले केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त रहेको उल्लेख गरेकी छिन् । 

उनले सामाजिक संजालमा यस्तो भनेकी छिन्, ‘२० वर्षमुनिका छोरीहरू बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरूलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरेर साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रूपमा नेपालमा व्याप्त छ ।'  

बलात्कारको आरोप लागेका अभिनेता पल शाह अहिले भने प्रहरी हिरासतमा छन् । तनहुँ प्रहरीले उनीविरुद्धको आरोपबारे अनुसन्धान गरिरहेको छ ।पलका समर्थकहरूले बलात्कार आरोप लगाउने गायिकाको ‘नियत’ ठीक नरहेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत आलोचना गरिरहेका छन् भने कतिपयले गायिका पक्षमा समर्थन गर्दै नायक माथि कारवाही हुनुपर्ने उल्लेख गरिरहेका छन् ।