काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले आइतबार एमसीसी पारित भएको बैठकमा शुरुदेखि नै निरन्तर अवरुद्ध गरे । दिउँसो तीन बजेटबाट शुरु भएको संसद् बैठक झन्डै तीन घण्टा चलेको थियो ।
तीन घण्टाको अवधिमा पनि एमालेका सांसदहरुले निरन्तर रुपमा रोस्ट्रममा उभिएर नाराबाजी गरिरहे । एमालेका सांसदहरुले सभामुखले राजीनामा दिनुपर्ने, आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।
दोस्रो चरणअन्तर्गत साँझ साढे ६ बजेटबाट पुनः शुरु भएर झन्डै नौ बजेसम्म सञ्चालन भएको संसद् बैठकमा पनि एमालेका सांसदहरुले पुनः तीन घण्टाभन्दा बढी समय उभिएर नाराबाजी गरेका थिए । नाराबाजी गर्ने क्रममा एमालेका सांसदहरुले एमसीसीको पक्ष विपक्षमा कुनै नारा लगाएनन् ।
यसअघि अगाडि सार्दै आएका नारालाई नै दोहोर्याएका थिए । एमालेका अध्यक्ष ओली भने लामो समय संसद्मा बसेनन् । लामो समय नाराबाजी गरेका कारण संसद् भवनबाट बाहिर निस्किने क्रममा एमालेका सांसदहरु थकित देखिन्थे । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ फागुन २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)