काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले आइतबार एमसीसी पारित भएको बैठकमा शुरुदेखि नै निरन्तर अवरुद्ध गरे । दिउँसो तीन बजेटबाट शुरु भएको संसद् बैठक झन्डै तीन घण्टा चलेको थियो ।
तीन घण्टाको अवधिमा पनि एमालेका सांसदहरुले निरन्तर रुपमा रोस्ट्रममा उभिएर नाराबाजी गरिरहे । एमालेका सांसदहरुले सभामुखले राजीनामा दिनुपर्ने, आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।
दोस्रो चरणअन्तर्गत साँझ साढे ६ बजेटबाट पुनः शुरु भएर झन्डै नौ बजेसम्म सञ्चालन भएको संसद् बैठकमा पनि एमालेका सांसदहरुले पुनः तीन घण्टाभन्दा बढी समय उभिएर नाराबाजी गरेका थिए । नाराबाजी गर्ने क्रममा एमालेका सांसदहरुले एमसीसीको पक्ष विपक्षमा कुनै नारा लगाएनन् ।
यसअघि अगाडि सार्दै आएका नारालाई नै दोहोर्याएका थिए । एमालेका अध्यक्ष ओली भने लामो समय संसद्मा बसेनन् । लामो समय नाराबाजी गरेका कारण संसद् भवनबाट बाहिर निस्किने क्रममा एमालेका सांसदहरु थकित देखिन्थे । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, १६ फागुन २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली डराउँदा झुलाइयो मतदाता ? : जाडोको बहाना
एमालेको जारी एघारौँ महाधिवेशन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन (सूची)
ओलीतिर फर्किदै असन्तुष्ट नेताहरु
काशी र प्रदीपलाई ओलीको फोन– 'अन्याय हुन दिन्नँ, सहयोग गर्नुस्'
एमाले महाधिवेशन : यिनिहरु भए निर्विरोध निर्वाचित
एमाले महाधिवेशन : आज मतदान, ओली-पोखरेल समूहबीच भिडन्त, कसले मार्ला बाजी ?