एमसीसी पास भएपछि बाबुरामले भने–चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य होस्

सफल खबर संवाददाता

सोमबार, १६ फागुन २०७८, ०७ : ३२
एमसीसी पास भएपछि बाबुरामले भने–चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य होस्

काठमाडौं । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसी पारित हुनु स्वागतयोग्य भएको बताएका छन् । उनले एमसीसी प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् भन्ने कामना पनि गरेका छन् । 

ट्वीटरमा उनले भनेका छन्, ‘विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततःः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ ।

पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला१यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् ।’प्रतिनिधिसभामा एमसीसी आइतबार बहुमतले पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस