कोरोना अपडेट: थप १११ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, १७ : ०७
कोरोना अपडेट: थप १११ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।