साल्ट ट्रेडिङ्गं कर्पोरेशनलाई बागमती प्रदेश कृषि मन्त्रिले दिए सुझाव

प्रकाश सिग्देल

शुक्रबार, १३ फागुन २०७८, १५ : ३८
साल्ट ट्रेडिङ्गं कर्पोरेशनलाई बागमती प्रदेश कृषि मन्त्रिले दिए सुझाव

चितवन । बागमती प्रदेश कृषिमन्त्रि बसुन्धरा हुमागाईले रैथाने जातका बिउको संरक्षण गर्न साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई आग्रह गरेका छन ।

चितवनमा आजदेखि सुरु भएकोे तिन दिने कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी उद्धघाटन गर्न आएका मन्त्री हुमागाईले साल्ट ट्रेडिङ्ग को स्टलमा पुगेर चितवनका कार्यालय प्रमुख बुद्धि बिनोद दाहाललाई यस्तो आग्रह गरेका हुन ।

देशमा असहज अवस्थामा पनि मल, नुन चिनि लगाएतका खाद्य बस्तु सहज रुपमा बिक्री गरी साल्ट ट्रेडिङ्ग कर्पोरेशनले पुर्याएको योगदान उच्च रहेको बताउदै उनले अब देशबाट लोप हुन लागेको कोदो,गहुँ,जौ,फापर लगाएत अन्य रैथाने जातका बिउको संरक्षण गर्न आग्रह गरे ।

चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आफनो स्टल राखेको छ । जहा उसले फटिलाईजर देखी, बिउ बिजन लगाएत ईन्डक्सन चुलोको बारेमा सर्वसाधारण लाई जानकारी गराएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कृषि प्रबिधी सम्बन्धी स्टलहरु रहेका छ्न् ।

प्रतिक्रिया दिनुहोस