जसपा कार्यकारिणी समितिको बैठक सुरु

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, १३ : १२
जसपा कार्यकारिणी समितिको बैठक सुरु

काठमाडौं  । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । ग्वार्कोको एक होटलमा बैठक सुरु भएका हो । एमसीसी, स्थानीय चुनाव, समसामयिक राजनीतिक घटनाक्रम लगायतका एजेण्डामा छलफल गर्न आज बैठक सुरु भएको हो ।

पार्टीमा दुईजना अध्यक्ष हुनुपर्ने, पार्टी समावेशी हुनुपर्ने, नियमित बैठक बस्नुपर्ने लगायतका कुरालाई लिएर पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच आन्तरिक द्वन्द चलिरहेको छ । 

सो द्वन्द्वका कारण लामो समयदेखि पार्टीको बैठक बसिरहेको थिएन । बाबुराम पक्षले बैठकका लागि पटक पटक दवाव दिँदै आइरहेका थिए । सोही दवावका कारण कार्यकारिणी समितिको बैठक बसेको हो । 

बैठकमा एमसीसीको बारेमा पनि छलफल हुनेछ । एमसीसीको विषयमा पार्टीमा मतमतान्तर रहेको छ । अध्यक्ष यादव एमसीसीको विपक्षमा छन् भने अध्यक्ष भट्टराई एमसीसी पारित हुनुपर्ने पक्षमा छन् । आज पार्टीले एमसीसीको बारेमा आधिकारिक निर्णय गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस