चन्द्रागिरिमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १३ फागुन २०७८, ११ : ०४
चन्द्रागिरिमा माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक किशोरको मृत्यु

काठमाडौं  ।  काठमाडौं  चन्द्रगिरि नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक २६ वर्षीय आकाश रानाभाट रहेका छन् । बिहीबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

चेकपोष्टबाट चन्द्रागिरि जाँदै गरेको प्रदेश ३, ०२, ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक छेउमा रोकी राखेको बा २ ख ७०४९ नम्बरको माइक्रो बसमा ठोक्किएको थियो । 

दुर्घटनामा संलग्न मोटरसाइकल र माइक्रो बसका चालकलाई थानकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया दिनुहोस