भीषण डढेलो शताब्दीको अन्त्यसम्म ५० प्रतिशतले बढ्ने

डढेलो

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, ११ : ३९
भीषण डढेलो शताब्दीको अन्त्यसम्म ५० प्रतिशतले बढ्ने

 

 

काठमाडौं । भीषण डढेलो सघन बन्दै गएको संयुक्त राष्ट्रसंघको नयाँ प्रतिवेदनमा उल्लेख छ।

यो शताब्दीको अन्त्यसम्ममा विश्वभर डढेलोको मात्रा ५० प्रतिशतले बढ्ने संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको हो। डढेलोबाट यसअघि प्रभावित नभएका आर्टिक र अरु क्षेत्रमा पनि जोखिम बढ्दै गएको वैज्ञानिक अनुसन्धानमा उल्लेख छ।
वैज्ञानिकहरुले भीषण आगलागीका घटनाहरुलाई शताब्दीमा हुने घटनाका रुपमा परिभाषित गरेका छन्।

विश्वव्यापी रुपमा बढिरहेको तापक्रम तथा भू–उपयोगमा आएको परिवर्तनले डढेलोका घटना बढाएको छ।

अहिले नै लामो समयसम्म कायम रहने डढेलोका घटना विश्वभर देखिन थालेको र अबका वर्षहरुमा मात्रा थप बढ्दै जाने युनएनइपीका वैज्ञानिकले चेतावनी दिएका छन्। चिन्ताको विषय डढेलोका घटना उत्तरी गोलाद्र्धतर्फ पनि देखिन थाल्नु रहेको प्रतिवेदनमा उल्लेख छ।

सन् २०३० सम्म विश्वभर भीषण डढेलोका घटना सन् २०१०–२० को तुलनामा १४ प्रतिशतले बढ्ने आँकलन गरिएको छ। सन् २०५० सम्म भीषण डढेलोका घटना ३० प्रतिशतले बढ्ने र यो शताब्दीको अन्त्यसम्ममा ५० प्रतिशत हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस