काठमाडौं । प्रतिनिधि सभाको आज (बिहीवार) को बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोगको एमसीसी सम्झौताबारेको छलफल परेको छ ।
संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बर कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गरिने जनाइएको छ ।
कार्यसूचीको दोस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने जनाइएको छ । एमसीसी विवादले सत्तारुढ गठबन्धनमा विवाद चर्किंदै गएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ फागुन २०७८, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न