काठमाडौं । हरीले ८ केजी गाँजासहित एक महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सैनामैना १० फुलबारीबाट ८ केजी गाँजासहित एकजना महिलालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका-१० फूलबारीकी स्थानीय ३० वर्षीया हिमाकली रेश्मीको घरमा खानतलासी गर्दा ८ केजीगाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजासहित पक्राउ परेकी रेश्मीलाई आवश्यक अनुसन्धानपश्चात् रुपन्देही जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ फागुन २०७८, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागुऔषधसहित सात जना पक्राउ
हत्याको अभियोगमा एक जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ