पाशुपत क्षेत्रका पर्खालमा शिव-पार्वतीको पेन्टिङ

सफल खबर संवाददाता

बुधबार, ११ फागुन २०७८, १३ : ४१
पाशुपत क्षेत्रका पर्खालमा शिव-पार्वतीको पेन्टिङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा काठमाडौँको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो।पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ।

शिवरात्रिसम्ममा पेन्टिङ सक्ने गरी काम भइरहेको छ। यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ। ‘वेदर कोट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस