काठमाडौं । ४ दिनअघि राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाहीलाई राप्रपाले जिम्मेवारी दिएको छ । उनलाई अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तासहित सुशासन विभागको जिम्मेवारी दिएका हुन् ।
फागुन ६ गते शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली’ अभियानको सिंगो कमिटी राप्रपामा समाहित भएको थियो । समान विचार भएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति अनुसार ज्ञानेन्द्र शाहीलाई राप्रपाले पार्टीमा भित्र्याएको हो ।
भ्रष्टाचारविरोधी छवि बनाएका शाहीलाई सोहीअनुसार राप्रपाले सुशासन विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ फागुन २०७८, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विरोध भइरहँदा संसद चलाउनु दादागिरी हो : ज्ञानेन्द्र शाही
सरकारले राष्ट्र बैंकको गभर्नर कानुन विपरीतको व्यक्ति नियुक्त गर्यो : ज्ञानेन्द्र शाही
परराष्ट्र र श्रम मन्त्रालयले काम नै गर्न सकेनन् : ज्ञानेन्द्र शाही
मलाई सिंहदरबारभित्र बन्धक बनाइएको छः ज्ञानेन्द्र शाही
झूटा मुद्दा लगाए जनताले तिमीहरूका घर घेर्छन् : ज्ञानेन्द्र शाही
देउवाले ज्ञानेन्द्रलाई ‘राप्रपा सभापति’ बन्न भनेपछि ज्ञानेन्द्र शाही आक्रोशित