काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बुधबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ फागुन २०७८, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
एक हप्ता पछि सुनको मूल्य तोकियो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य आज बढ्यो, कतिमा हुदैछ कारोबार ?
आजदेखि सुन पसल खुल्ने
एकैदिन तोलामा ४२०० रुपैयाँले बढ्यो सुनकाे मूल्य, कतिमा हुदैछ कारोबार ?
सुन र गहनामा लगाइएको करले व्यवसायी र उपभोक्ता मारमा