ब्राजिलमा लगातारको वर्षाले १७६ जनाको  मृत्यु

एजेन्सी

मंगलबार, १० फागुन २०७८, १२ : ५८
ब्राजिलमा लगातारको वर्षाले १७६ जनाको  मृत्यु

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण  जारी बाढी र पहिरोका परी मृत्यु हुनेको संख्या १७६ पुगेको  छ । 

माटोमा पुरिएका मानिसहरूको खोजीमा उद्धार टोलीहरू दिनरात खटिरहेका छन्,। अहिलेसम्म २४ जनाको उद्धार गरिएको छ ।हालको रेकर्ड गरिएको मृत्युको संख्या  यस सहरको इतिहासमा सबैभन्दा धेरै हो ।

यहाँ गएको करिब सात दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै  छ । मंगलबार सातौँ दिन पनि वर्षा जारी छ । यसबाट हजारौँ मानिस प्रभावित बनेका छन् 

प्रतिक्रिया दिनुहोस