कोरोना अपडेट: थप ३८८ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, १६ : ३०
कोरोना अपडेट: थप ३८८ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।