ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, १६ : ०५
ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाललाई प्रहरिले पक्राउ गरेको छ । चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

ग्रिनलाइनका सञ्चालक अमित अग्रवाल तीन दिनअघि काठमाडौं परिसरको टोलीले पक्राउ गरेको हो । अधिकारी र जबराको चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो ।

सञ्जयको ५० लाख र टंक शम्शेर जबराको डेढ करोड रुपैयाँको चेक बाउन्स भएको उजुरी परेको प्रहरीले जानकारी दिएको छ । काठमाडौं जिल्ला अदालतबाट बैकिङ कसुर मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

पुस २२ गते अमितसहित उनका परिवारका ९ सदस्य एकाएक नेपाल छोडेर भारत पुगेका थिए । आफन्तसँग सम्पर्कविहीन भएपछि महानगरीय प्रहरी वृत्त मालीगाउँमा आफन्त सम्पर्कविहीन भएको भन्दै अमितकी बहिन रजनी अग्रवालले पुस २३ गते उजुरी दिएकी थिइन् ।

माघ २७ गते अमित काठमाडौं आइपुगेका थिए । परिवारमा बिरामी भएकाले एक महिनासम्म सम्पर्कमा नभएको भन्दै आफ्नो बचाउ गरेका थिए । ३४ दिन परिवारसँगै बेपत्ता भएका उनको परिवार पछि सम्पर्कमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस