चितवन । नेकपा माओवादी केन्द्र भरतपुर १४ को भातृ संगठन पुन:गठन भएको छ । आज कालिका मन्दिरमा भएको कार्यक्रममा विभिन्न ७ कमिटी गठन भएका हो। जसको अध्यक्षमा युवा संगठन (योङ्ग कम्युनिष्ट्र लिग) वडा कमिटी अध्यक्ष दिपेन्द्र पौडेल चयन भएका छन भने वरिष्ठ उपाध्यक्षमा केशवराज पौडेल, उपाध्यक्षमा अस्मिन परेल, सचिवमा ईश्वरराज आलेमगर, सहसचिवद्वय सानुमाया आलेमगर र मिसन अधिकारी, कोषाध्यक्षमा सागर अधिकारी सहित २५ सदस्य गठन भएको हो ।
यस्तै अखिल क्रान्तिकारी भरतपुर १४ मा अध्यक्ष सागर दवाडी, उपाध्यक्ष नितेश बराल, सचिव भिष्म खत्री, सहसचिव प्रीतम बि क र कोपिला सुनार, कोषाध्यक्ष आकृति परियार सहित ११ सदस्य समिति बनेको छ ।
यस्तै अखिल किसान महासंघको अध्यक्षमा हरिभक्त पौडेल, सचिव बिष्णु प्रसाद दाहाल, कोषाध्यक्ष पद्मा गौतम सहित ९ सदस्य कमिटी गठन भएको छ । यस्तै दलित संगठनको अध्यक्षमा सुमित्रा बिश्वकर्मा, उपाध्यक्षमा चन्द्र सेन्चुरी, सचिवमा दल बहादुर विश्वकर्मा, कोषाध्यक्ष आरती विश्वकर्मा सहित १७ सदस्य कमिटी गठन भएको छ ।
जनजाती संगठनको अध्यक्षमा बेगबहादुर गुरुङ, उपाध्यक्ष समशेर गुरुङ, सचिव बिमल गुरुङ, सहसचिव सुजन गुरुङ, कोषाध्यक्ष मैते गुरुङ सहित ११ सदस्यीय कमिटी निर्विरोध चयन भएको वडा पार्टी कमिटीका अध्यक्ष बावुराम दाहालले जानकारी दिए ।
कार्यक्रममा माओवादी केन्द्र भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा सुमनले आफ्नो जनप्रतिनिधिले गरेका विकास निर्माणका काम जनता माझ लिएर जान निर्देशन दिए । उनले आगामी स्थानीय निकायको निर्वाचनको तिब्र तयारी गर्न समेत आग्रह गरे ।
कार्यक्रममा माओवादी नेताहरू नन्दलाल दाहाल, निशा न्यौपाने, प्रकाश कंडेल, अविरल पोखरेल, वाईसीएल चितवन ईन्चार्ज साजन अधिकारी, जिल्ला सचिव राजु भुषाल,भरतपुर ईन्चार्ज दिवाकर श्रेष्ठ, अखिल क्रान्तिकारी भरतपुर अध्यक्ष पिङ्गलराज पन्त लगायत अतिथि रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ फागुन २०७८, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
किसानलाई मल र दूधको बक्यौता तत्काल उपलब्ध गराउन माग
करिब एक करोडजनतासँग प्रत्यक्ष संवाद गरिएको दाबी
पोखरा विमानस्थलको छानबिनमा सरकारलाई साथ दिन्छौं : देव गुरुङ
माओवादीले भन्यो-‘शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्यो’
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र