स्पेनिस फुटबलमा भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

सफल खबर संवाददाता

सोमबार, ०९ फागुन २०७८, १० : ५६
स्पेनिस फुटबलमा भ्यालेन्सियामाथि बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियामाथि सहजजित निकालेको छ ।

गयराति सम्पन्न खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ४–१ गोल अन्तरले हराएको हो । बार्सिलोनाको जितमा पिएरे एमरिक अबमेयाङले ह्याट्रिक गरेका थिए । भ्यालेन्सियाका कार्लोस सोलेरले एक गोल गरेका हुन् ।

यस जितसँगै २४ खेलमा ४२ अंक जोडेको बार्सिलोना ला लिगाको चौथो स्थानमा रहेकोछ । पराजित भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा रहेकोछ । गयराति नै भएका अन्य खेलमा सेल्भिया स्प्यानोलसँग एक–एक गोलको बराबरीमा रोकिदा रियल बेटिसले माल्वोरकामाथि दुई एकको जित निकाल्यो ।

एथ्लिटिक क्लबले भने रियल सोसिडाढमाथि ४ शून्यको जित निकालेकोथियो ।

प्रतिक्रिया दिनुहोस