एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवाको प्रतिक्रिया : 'अब पास पनि हुन्छ'

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १५ : २६
एमसिसी टेबल भएपछि प्रधानमन्त्री देउवाको प्रतिक्रिया : 'अब पास पनि हुन्छ'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब पारित हुने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् ।

प्रतिनिधिसभाको बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुले उनलाई एमसीसी कहिले पास हुन्छ भनी प्रश्न गरेका थिए । जवाफमा उनले भने, ‘अब पास हुन्छ ।’

प्रतिक्रिया दिनुहोस