आइसीसी टि २० विश्वकप ‘ग्लोबल क्वालिफायर : नेपालले ओमानसँग खेल्दै

सफल खबर संवाददाता

शुक्रबार, ०६ फागुन २०७८, ०९ : ५३
आइसीसी टि २० विश्वकप ‘ग्लोबल क्वालिफायर : नेपालले ओमानसँग खेल्दै

काठमाडौँ । आइसीसी टी २० विश्वकप ‘ग्लोबल क्वालिफायर ए’ आजदेखि सुरु हुने भएको छ । आज उद्घाटन खेलमा नेपालले घरेलु टोली ओमानसँग खेल्ने भएको छ ।

समूह ‘ए’ मा रहेको नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुने भएको हो । प्रतियोगिताको ‘ए’मा ८ टिमले प्रतिस्पर्धा गर्ने छन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ‘ए’ रहेका छन् ।

क्वालिफायर एबाट शीर्ष दुई टिम मात्र अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुने छन् । त्यसैले दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालका लागि हरेक खेल महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस