एजेन्सी । पूर्वी युक्रेनको एउटा गाउँमा रुसी समर्थक बिखन्डनकारीले गोलाबारी गरेको विवरण सार्वजनिक भएको छ । रसिया र युक्रेनको बढ्दो तनावबीच पूर्वी युक्रेनको स्ट्यान्टिाय लुगान्स्कामा बिखन्डनकारीले गोलावारी गरेका हुन् ।
गोलाबारीबाट एउटा किन्डरगार्टेनको पर्खाल भत्किएको छ । २० बालबालिका र १८ कर्मचारी रहेको सो किन्डरगार्टेनमा कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । गोलावारी सुरु भएपछि चोटपटकबाट बच्न बालबालिका भागेका थिए ।
गोलाबारीका कारण स्टाफसहितको जिम हल र भवनभित्र रहेका बालबालिका प्रभावित भएको बताइएको छ । गोलाबारी सुरु भएपछि दुई तले भवनभित्र रहेका सबै जना अर्को छेउतिर भागरे भुइ तलाको पर्खालमा लुकेका थिए । राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले भने, ‘किन्डरगार्टेमा भएको गोलावारी रुस समर्थक फौजले गरेको ठूलो उत्तेजना हो ।’
दोनेस्क र लुगान्सक क्षेत्रमा रुसको समर्थन पाएका विद्रोही र युक्रेनी सेना द्वन्द्वमा छन् । बिहीबार विद्रोहीले ३४ वटा युद्धविराम उल्लंघन गरेको आरोप युक्रेनी सेनाले लगाएको छ । भारी हतियार प्रयोग गर्दा कम्तीमा दुई सैनिक र पाँच जना सर्वसाधारण घाइते भएको पनि उसले जनाएको छ । युक्रेनमा आक्रमण गर्न रुसले ‘गलत झन्डा’ सञ्चालन गर्न सक्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले बताइरहेका बेला पछिल्लो घटना भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०६ फागुन २०७८, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु