नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १७ : ३४
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त

काठमाडौं । पूँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डमै कार्यरत कृष्ण पोखरेलको नाम छनोट समितिले सिफारिस गरेको थियो ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेको थियो । ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समितिमै लामो समय विवादित बन्यो । पछि नेप्से र बोर्ड सत्ता साझेदार दुई प्रमुख दलबीच भागवण्डा गर्ने सहमति भएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाकै चाहानामा हमाल अध्यक्ष नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस