प्रचण्ड-नेपालबीच एमसीसीबारे छलफल

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १५ : ३०
प्रचण्ड-नेपालबीच एमसीसीबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहायता परियोजना (एमसीसी)बारे सत्तारुढ गठबन्धनकाे निर्णायक बैठकअघि सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । भेटमा एमसीसी सम्झौता टेबल गर्ने प्रधानमन्त्रीको अडानबारे छलफल भएको स्रोतले जनायो । 

माओवादी र एकीकृत समाजवादी संसोधनबिना एमसीसी अगाडि बढाउन नुहने पक्षमा छन् । नेपाली कांग्रेस अगाडि बढाउनुपर्ने अडानमा छ ।

प्रतिक्रिया दिनुहोस