वन कार्यालयका कर्मचारीको लापरबाहीका कारण डिभिजन वन परिसरमा कुहिए लाखौका सवारी साधन

प्रकाश सिग्देल

विहीबार, ०५ फागुन २०७८, १४ : ५५
वन कार्यालयका कर्मचारीको लापरबाहीका कारण डिभिजन वन परिसरमा कुहिए लाखौका सवारी साधन

चितवन । डिभिजन वन कार्यालय चितवनको परिसरमा करोडौ मुल्यका १२० भन्दा बढि सवारी साधनहरु कुहिने अवस्थामा पुगेका छन् । अवैधरुपमा काठ ढुवानी गरिएको कसुरमा सवारी साधनहरु नियन्त्रणमा लिएर जिल्ला वनले निजि सवारी साधनको यो बेहाल बनाएको हो ।

मोटरसाईकल, रिक्सा अटो देखी जिप ट्याक्टर हुँदै ट्रक सम्म यहा करोडौ मुल्यका सवारी साधनहरु बिगत १५ वर्ष देखी यता झाडिमा त्यसै व्यवहारीसे भएर कुहिसकेका छन् । ७० भन्दा बढि बाईक र ५० जति ठुला सवारी साधन रहेका छन् । कति बाईकको त अगाडीको भाईजर हेडलाईट झिकिएको अवस्थामा यहाँ छन् ।

वन कार्यालयका मुद्धा शाखा प्रमुख यज्ञकुमार सापकोटाले आफु कार्यालयमा आएको धेरै समय नभएको र कति सवारी छन् मुद्धा कती चलेको छ कहाँ पुगेको छ भनेर राम्रो संग अध्ययननै गर्न नपाएको बताए । अदालतले लिलामी गर्नू भनेको साधन पनि प्राविधिक समस्याको कारण समयमै लिलामी गर्न नसक्दा समस्या भएको उनी बताउँछन ।  

बरामद भएका सवारी साधनमात्रै होईन ति सवारी साधनमा रहेका लाखौ मुल्य पर्ने सालका काठ समेत त्यही सवारी साधनमै कुहुन थालेका छन् । जिल्ला वनले यस संग सम्बिन्धित मुद्धा प्रक्रियालाई अगाढी बढाउन ढिला गर्दा ब्यक्तिले लाखौ मुल्य हालेका सवारी साधन ध्वस्त बनेको छ भने राज्यलाई समेत करोडौं रुपैयाँ राजस्व नोक्सान भएको छ ।

यहाँ यी सवारी साधन कहिले देखी राखिएका हुन् यिनिहरुको मुद्धा कहा पुगेको छ केही पनि अभिलेख वन संग छैन् । काम प्रति जिम्मेवारी नभएका तलबमात्रै खाएर जागिर पचाउने लाचारी कर्मचारी भएकै कारण यहाँ यो समस्या भएको हो ।

वन कार्यालयका सुचना अधिकारी बालकृष्ण खनालले वन एन २०७६मा मुद्धा हेर्ने अधिकार संघिय संरकारले तोकेको डिभिजन अधिकृतलाई दिएको र वन कार्यालय प्रदेश सरकार मातहत परेकाले  यस्ता मुद्धा प्रक्रिया अगाढी बढ्न कार्यालयले नसकेको बताए । अहिले १० वटा मुद्धा अदालतमा रहेको र फैसला प्रक्रियामा पनि  ढिलाई  हुने र लिलामी प्रकृया झन्झटिलो हुँदा वषौ देखी सवारी साधन यहि थुप्रिएको उनको भनाई छ । 

यहा वनका अधिकारीले सबै सवारी साधन कुहाएर राखेका छन् । अदालतले कतिपय मुद्दामा सवारी साधन लिलामी गर्न निर्देशन दिने गरिएको भएपनि यहाँ बाट बेलैमा लिलामीको काम अगाडी बढाउन नसक्दा राज्यलाई समेत धेरै क्षती भएको छ । अदालतले लिलामी गर्न निर्देशन दिएको सवारी साधन पनि बनले भने लिलामी गर्न  सकेको छैन् । गुड्दा गुड्दै बरामद गरिएका यी सवारी साधन वषौ वर्ष सम्म यहि झाडिमा ब्यवहारिसे अवस्थामा राख्दा कवाडीको भाउँमा पनि बिक्न नसक्ने अवस्थामा पुगिसको छन् ।

ठिकठाक अवस्थामा बरामद भएका सवारी साधनलाई कवाडीको भाउँमा पनि नबिक्ने गरी सडाउने र सवारी धनिलई मात्रै नभै राज्यलाई समेत करोडौ नोक्सानी बनाउने यी वनका अधिकारी बिरुद्ध पनि राज्यलाई नोक्सानी गरेको कसुरमा सजाय गर्न आवस्यक रहेको सर्वसाधारण बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस