काठमाडौं । विराटनगरस्थित ४३ वर्ष पुरानो नमुना सहकारीको करिब १ करोड ९० लाख रुपैयाँ घोटाला भएको छ। यसमा लेखापाल ६० वर्षीय सविलाल राजवंशी र सहलेखापाल ५५ वर्षीय राजकुमार राजवंशी मुछिएका छन्। प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी सहकारी ठगीमा अनुसन्धान अघि बढाएको छ।
दुवै जनाविरुद्ध बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। लेखापाल सविलालले १ करोड ११ लाख ६२ हजार घोटाला गरेको दाबी सहकारी सञ्चालक समिति उपाध्यक्ष सर्वेलाल राजवंशीले गरे। उपाध्यक्ष राजवंशीका अनुसार सहलेखापाल राजकुमारले ७८ लाख १७ हजार ४ सय २८ रुपैयाँ घोटाला गरेका छन् ।
‘सहकारीमा केही समयअघिदेखि नै रकम घोटालाको आशंका गरेका थियौं। लेखापरीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितताको पुष्टि भयो’, उपाध्यक्ष राजवंशीले भने, ‘त्यसपछि दुवै जनालाई बारम्बार रकम जम्मा गर्न आग्रह गर्दा पनि बेवास्ता गरे। त्यसपछि हामीले प्रहरीमा जाहेरी दियौं। बचतकर्ता र सेयर सदस्यको ठूलो रकम हिनामिना भएपछि हामी पनि तनावमा छौं।’ अन्नपूर्ण पोस्टमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०५ फागुन २०७८, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३४ जना बचतकर्ताको बचत रकम फिर्ता
सुरु भयो सहकारीको बचत फिर्ता
सहकारी बचत फिर्ता ऋण असुलीबाट गरिने
समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता जेठ पहिलो सातादेखि सुरु हुने
महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी
सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्नेबारे सरोकारवालासँग छलफल गर्दै मन्त्रालय