काठमाडौं । विराटनगरस्थित ४३ वर्ष पुरानो नमुना सहकारीको करिब १ करोड ९० लाख रुपैयाँ घोटाला भएको छ। यसमा लेखापाल ६० वर्षीय सविलाल राजवंशी र सहलेखापाल ५५ वर्षीय राजकुमार राजवंशी मुछिएका छन्। प्रहरीले दुवै आरोपितलाई पक्राउ गरी सहकारी ठगीमा अनुसन्धान अघि बढाएको छ।
दुवै जनाविरुद्ध बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरिएको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। लेखापाल सविलालले १ करोड ११ लाख ६२ हजार घोटाला गरेको दाबी सहकारी सञ्चालक समिति उपाध्यक्ष सर्वेलाल राजवंशीले गरे। उपाध्यक्ष राजवंशीका अनुसार सहलेखापाल राजकुमारले ७८ लाख १७ हजार ४ सय २८ रुपैयाँ घोटाला गरेका छन् ।
‘सहकारीमा केही समयअघिदेखि नै रकम घोटालाको आशंका गरेका थियौं। लेखापरीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितताको पुष्टि भयो’, उपाध्यक्ष राजवंशीले भने, ‘त्यसपछि दुवै जनालाई बारम्बार रकम जम्मा गर्न आग्रह गर्दा पनि बेवास्ता गरे। त्यसपछि हामीले प्रहरीमा जाहेरी दियौं। बचतकर्ता र सेयर सदस्यको ठूलो रकम हिनामिना भएपछि हामी पनि तनावमा छौं।’ अन्नपूर्ण पोस्टमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०५ फागुन २०७८, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारीलाई ७ बुँदे सूचना
झापामा हाल ७५३ वटा सहकारी, ठुलामा पर्याप्त तरलता
समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र हर्जनामा छुट
समस्याग्रस्त ५ सहकारीका ऋणीलाई भदौ मसान्तभित्र ऋण चुक्ता गर्न ताकेता
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा दरखास्त आह्वान
काठमाडौंमा सहकारी र लघुवित्त पीडितहरुको प्रदर्शन