काठमाडौं । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार एक समारोहका बीच आचार्यलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारको निर्णयानुसार राष्ट्रपतिले यसअघि नै आचार्यलाई राजदूत नियुक्त गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०४ फागुन २०७८, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योजना आयोगका उपाध्यक्ष श्रेष्ठ र सदस्यले लिए पद तथा गोपनीयताको शपथ
डा. बाबुराम भट्टराईबाट जनार्दनसहित प्रलोपाको केन्द्रीय सदस्यहरूले लिए शपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
नवनियुक्त दुई मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि