एजेन्सी । युक्रेनले आफ्ना बैंक र रक्षा मन्त्रालयका क्षेत्रहरु साइबर हमलाबाट प्रभावित भएको बताएका छन् । युक्रेनसँगको सीमामा सैन्य अभ्यास गरेर आफ्ना केही सेना फर्किएको रुसले बताइरहेका बेला युक्रेनले आफ्ना संवेदनशिल क्षेत्रमा साइबर हमला भएको दाबी गरेको हो ।
‘यसलाई अस्वीकार गर्न मिल्दैन कि आक्रमणकारीले फोहोर साना चालहरूको रणनीति प्रयोग गर्यो किनकी यसका आक्रामक योजनाहरू ठूलो मात्रामा काम गरिरहेका छैनन्,’ युक्रेनको साइबर वाचडचले रसियाको संलग्नतातर्फ लक्षित गर्दै भनेको छ ।
युक्रेनको निजी बैंक प्रयोगकर्ताहरूले भुक्तानीमा समस्याको सामना गरिरहेको बताएका छन् भने ओशादबैंकले आफ्नो प्रणाली सुस्त भएको रिपोर्ट गरेको छ । युक्रेनमा साइबर हमला भए रुसी कदमको प्रतिकार गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले चेतवानी दिएका छन् ।
हाम्रा कम्पनीहरू वा महत्वपूर्ण पूर्वाधारविरुद्ध रुसले अमेरिका वा हाम्रा सहयोगीहरूलाई साइबर आक्रमणहरू जस्ता माध्यमबाट आक्रमण गर्छ भने हामी जबाफ दिन तयार छौ,’ एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ फागुन २०७८, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने