हाम्राे बैंक र रक्षा क्षेत्रमा रुसले साइबर हमला गर्‍यो - युक्रेन

एजेन्सी

बुधबार, ०४ फागुन २०७८, १३ : ४१
हाम्राे बैंक र रक्षा क्षेत्रमा रुसले साइबर हमला गर्‍यो - युक्रेन

एजेन्सी । युक्रेनले आफ्ना बैंक र रक्षा मन्त्रालयका क्षेत्रहरु साइबर हमलाबाट प्रभावित भएको बताएका छन् । युक्रेनसँगको सीमामा सैन्य अभ्यास गरेर आफ्ना केही सेना फर्किएको रुसले बताइरहेका बेला युक्रेनले आफ्ना संवेदनशिल क्षेत्रमा साइबर हमला भएको दाबी गरेको हो ।

‘यसलाई अस्वीकार गर्न मिल्दैन कि आक्रमणकारीले फोहोर साना चालहरूको रणनीति प्रयोग गर्‍यो किनकी यसका आक्रामक योजनाहरू ठूलो मात्रामा काम गरिरहेका छैनन्,’ युक्रेनको साइबर वाचडचले रसियाको संलग्नतातर्फ लक्षित गर्दै भनेको छ । 

युक्रेनको निजी बैंक प्रयोगकर्ताहरूले भुक्तानीमा समस्याको सामना गरिरहेको बताएका छन् भने ओशादबैंकले आफ्नो प्रणाली सुस्त भएको रिपोर्ट गरेको छ । युक्रेनमा साइबर हमला भए रुसी कदमको प्रतिकार गर्ने अमेरिकी राष्ट्रपति जोन बाइडेनले चेतवानी दिएका छन् ।

हाम्रा कम्पनीहरू वा महत्वपूर्ण पूर्वाधारविरुद्ध रुसले अमेरिका वा हाम्रा सहयोगीहरूलाई  साइबर आक्रमणहरू जस्ता  माध्यमबाट आक्रमण गर्छ भने हामी जबाफ दिन तयार छौ,’ एउटा टेलिभिजन सम्बोधनमा राष्ट्रपति बाइडनले भने ।

प्रतिक्रिया दिनुहोस