काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी संसदमा टेबल भए विपक्षमा उभिने निर्णय गरेको छ। त्यस्तै संसदबाट जबरजस्ती एमसीसी पारित गरिए सरकार छाड्ने बैठकले निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बैठकले उक्त निर्णय गरेको जानकारी दिएका हुन्। उनले यथास्थितिमा एमसीसी पारित गर्ने पक्षमा माओवादी केन्द्र नभएको स्पष्ट पारे।
‘संसदमा एमसीसी टेबल भए विपक्षमा उभिने निर्णय भएको छ’, प्रमुख सचेतक गुरुङले भने, ‘जबरजस्ती गरे सरकार छोड्ने निर्णय भएको छ।’ बुधबार १ बजे बस्ने संसद बैठकमा एमसिसी पेश हुने सम्भावना छ। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको सहयोगलाई निरन्तरता दिने एमसीसीको निर्णय
एमसीसीबाट आगामी वर्ष करिब ६ अर्ब अनुदान आउने आशमा सरकार
एमसीसीबारे जेठ ७ सम्म अमेरिकाले छिनोफानो लगाउने
एमसीसीमा केही काम अघि बढाउन अमेरिकाले दियो अनुमति
अमेरिकी दूतावासले भन्यो : एमसीसीका गतिविधि अस्थायी रूपमा रोकिएका हुन्