मकवानपुर । बागमती प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ । मंगलबार मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस वर्ष प्रदेशभर तीन दिनसम्म प्रजातन्त्र दिवस तीन दिन मनाउने निर्णय गरेको हो ।
उक्त निर्णय अनुसार फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाइने छ । बैठकले मुख्यमन्त्री पाण्डेको सभाध्यक्षतामा मूल समारोह समिति समेत गठन गरेको छ । समितिमा मन्त्री, मन्त्रालयका सचिव, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा सञ्चारकर्मीलाई समेटिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडाले जनाएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री कृष्ण प्रसाद खनालका अनुसार ६ गते सार्वजनिक स्थल सरसफाइ, ७ गते साइकल र्याली र सभा तथा ८ गते नेपालको राष्ट्रिय झन्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको छ । तीन दिनै प्रदेशभर दीपावली गरिने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ फागुन २०७८, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश सरकारको तयारी : लाइसेन्स वितरण सहज पार्न नयाँ ट्रायल सेन्टर, पुराना कार्यालयको स्थानान्तरण
चलचित्र सम्बन्धी कानुन बनाउँदै बागमती सरकार
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत
पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च