हरिनास गाउँपालिका अध्यक्ष मानन्धरले ललहि गाउँ पुगेर आमा समुहलाई प्रदान गरे २ लाखको भाडा

प्रकाश सिग्देल

मंगलबार, ०३ फागुन २०७८, १६ : ४१
हरिनास गाउँपालिका अध्यक्ष मानन्धरले ललहि गाउँ पुगेर आमा समुहलाई प्रदान गरे २ लाखको भाडा

चितवन । हरिनास गाउँपालिका स्याङ्जाले दिप ज्योती आमा समुह वडा नम्वर ३ ललही बगरलाई भाडा तथा कुर्ची प्रदान गरेको छ । करिब २ लाख रुपैया बरावरको सामाग्री गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले गाउँमा आयोजित एक कार्यक्रममा आमा समुहकी अध्यक्ष पुष्पा देबी सिग्देललाई हस्तान्तरण गरेका हुन् ।

हरिनासको सुन्दर रमणिय गाउँका रुपमा रहेको ललही बुम्दि बगरगाउँ हरिनासको सुन्तला पकेट क्षेत्र हो भने यहाँ कृषिका लागि उर्वर ठाउँका रुपमा रहेको छ । गाउँपालिकाले कुर्ची ६० थान, १०० थान गिलास, १०० थान कचौरा, खाना राख्ने भाडा सहितको सेट , १०० वटा थाल तथा केही मात्रामा टेवलहरु प्रदान गरेको आमा समुहकी अध्यक्ष पुष्पा देबी सिग्देलले बताईन् । गाउँपालिकाले आमा समुहका लागि केही समयमै पोसाक समेत प्रदान गर्ने अध्यक्षले बचन दिएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष मानन्धरले ललही गाउँको विकासका लागि आफुले निरन्तर सहयोग गर्ने बताएका थिए ।गाउँको विकासका लागि सडक बिस्तारमा आफुले धेरै सहयोग गरेको,कृषी र फलफुल क्षेत्रको विकासका लागि सुन्तला पकेट क्षेत्रका रुपम विकास गरेर स्थानिय किसानको दैनिक जिवन विकासमा महत्वपुर्ण भुमिका खेलेको बताए । आफुले ललहीका स्थानियसमुदायको विकासमा सधै साथ दिने बताउदै आगामी निर्वाचनमा यो पार्टी उ पार्टी नभनी विकासमा सहकार्य गर्ने ब्यक्तिलाई मतदान गर्न आग्रह गरे ।

आफुले ललहीको विकासका लागि निरन्तर काम गर्ने र आगामी दिनमा पनि गरिरहने उनले प्रतिवद्धता जनाए ।कार्यक्रममा ३ नम्वर वडाका वडा अध्यक्ष लेख बहादुर क्षेत्री, वडा सदस्य पदम राज अर्याल,प्रकाश पाध्य, वडा नम्वर २ का अध्यक्ष परशुराम सिग्देल , ईलाका प्रहरी कार्यालय प्रमुख लगाएतले ललहीको विकासमा स्थानिय समुदायको सक्रियता अहम रहेको भन्दै आगामी दिनमा पनि गाउँको विकासमा लाग्न आग्रह गरे ।

आमा समुहकी अध्यक्ष पुष्पा देबी सिग्देलको अध्यक्षतामा भएको कायक्रममा स्थानिय बिद्यालयका प्रअ लुमाकान्त सिग्देलले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन स्थानिय युवा तथा शिक्षक लोकेश सिग्देलले गरेका थिए । कार्यक्रममा सयौँको संख्यामा स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्थानिय अगुवा, बुद्धि बहादुर खड्का, अर्जुन सिग्देल, घनबहादुर थापा, भल बहादुर खड्का ,प्रेम कुमारी क्षेत्री, मनु मल्ल, सृजना धमाल लगाएतले कार्यक्रको संयोजन गरेका थिए ।

हरिनासमा गाउँपालिका अध्यक्ष मानन्धरको नेत्रित्वले बिकासमा नयाँ आयाम सृजना गरेको छ । जसले गर्दा अहिले गाउँपालिका अध्यक्ष सहित उनको टिमको निकै धरै चर्चा हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस