न्यून लगानीमा अधिकतम जोखिम बहन गर्न ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १४ : १३
न्यून लगानीमा अधिकतम जोखिम बहन गर्न ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'नेपाल लाइफ आइइन्स्योर 'जीवन बीमा योजना ल्याएको छ ।   

कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो ।  न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।

नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् ।

न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम रू एक लाख देखि अधिकतम बीमाङ्क रकम रू एक करोड सम्मको बीमा गर्न सकिने छ ।