'लप्पन छप्पन २’ फागुन २० गते प्रदर्शन हुने

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, १२ : २१
'लप्पन छप्पन २’ फागुन २० गते प्रदर्शन हुने

काठमाडौं । प्रदर्शन मितिलाइ लिएर ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’बीचको विवाद टुंगिएको छ । फिल्म प्रदर्शन कार्यदलले फागुन १३ गतेको डेट म यस्तो गीत गाउँछु २ लाई दिएपछि विवाद सुरु भएको थियो । तर, लप्पन छप्पन फागुन २० गते आउने भएपछि तत्काललाई उक्त विवाद टुंगिएको ठानिएको छ ।

मुकुन्द भट्टको निर्देशनमा बनेको यो फिल्म अब फागुन २० गतेबाट देशभर रिलिज हुने जनाइएको छ । कोरोनाभाइरसको दुईवटा लहरले यो फिल्मको प्रदर्शन मिति पनि दुई पटक नै स्थगित भएको थियो । पटक(पटक प्रदर्शन मिति घोषणा गरिएपनि महामारीको अनिश्चितताले फिल्म रिलिज हुन सकेन । अब भने फागुन २० गतेदेखि फिल्म रिलिज पक्का भएको जानकारी निर्देशक भट्टले दिएका छन् ।

फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा लगायतको मुख्य भूमिका छ । एक्सन जनरामा निर्माण भएको यो चलचित्रलाई युरोपका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस