कामु प्रधानन्यायाधीश कार्कीले बोलाए ‘फुलकोर्ट’ बैठक

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, १० : ४४
कामु प्रधानन्यायाधीश कार्कीले बोलाए ‘फुलकोर्ट’ बैठक

काठमाडौं । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (सोमबार)फुलकोर्टको बैठक बोलाएका छन ।

महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बनेका कार्कीले सोमबार फुलकोर्ट बैठक बोलाएका हुन। बैठकमा राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल हुनेछ ।

पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु सोमबारको फुलकोर्ट बैठकमा सहभागी हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस