काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको शुक्रबार भर्चुअल उद्घाटन गर्दै अध्यक्ष ओलीले साङ्गठनिक अराजकता र दक्षिणपन्थी अवसरवादलाई स्थानीय तहको निर्वाचनमार्फत जवाफ दिनुपर्ने बताए ।
पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यकर्तालाई सम्बोधन गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचन एकखालको ‘जनमत सङ्ग्रह’ नै भएको बताए ।
अध्यक्ष ओलीले भने, “जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहको निर्वाचन एकखालको जनमतसङ्ग्रह नै हो। यो निर्वाचनमा एमाले एक्लै लड्छ र जित्छ।”उनले स्थानीय तह लोकतन्त्रको खम्बा भएकाले त्यसलाई बलियो बनाउन एमालेको नेतृत्व स्थापित गर्नुपर्ने बताए । गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २९ माघ २०७८, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)