१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

पत्रपत्रिकाबाट

शनिबार, २९ माघ २०७८, ०७ : १९
१ लाख १८ हजार म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौं । आगामी ३० वैशाखका लागि स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेको सरकारले निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि १ लाख १८ हजार २ सय ३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।

देशको मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी भएको हो । देशका ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक एकै चरणमा निर्वाचन गर्नेगरी मिति तय भइसकेको छ । सरकारले ‘म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड–२०७८’मार्फत म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले म्यादीको आवश्यक संख्या, म्यादी परिचालनका लागि बजेट, निर्वाचनमा मौजुदा प्रहरी परिचालनका लागि आवश्य वजेटसहित यातायात साधन खरिदका लागिसमेतको योजना बनाएर मन्त्रालयमा पेस गरिसकेको छ । निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ७ सय २३ वटा गाडी खरिद गर्नुपर्ने प्रधान कार्यालयको प्रस्ताव छ । राज्धानि दैनिक मा खबर छ । 

प्रतिक्रिया दिनुहोस