चुनाव चिह्न नदिने कानूनी व्यवस्थाविरुद्ध २३ दलको संघर्ष

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, १९ : १७
चुनाव चिह्न नदिने कानूनी व्यवस्थाविरुद्ध २३ दलको संघर्ष

काठमाडौँ । राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न नदिने कानूनी व्यवस्थाका विरुद्ध संघर्ष गर्न २३ वटा दलले संघर्ष समिति गठन गरेका छन् ।

शुक्रवार विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगमा दर्ता भएर सम्पूर्ण विधि प्रक्रिया पूरा गरेका दलहरूलाई स्थानीय निर्वाचनमा पार्टीको चुनाव चिह्न प्रयोग गर्न नदिने कानूनी व्यवस्था अन्यायपूर्ण भएको ठहर गरेको समेत गरेको छ ।

बैठकले सबै दलहरूले समान रूपमा आफ्नो दलको चुनाव चिह्न स्थानीय निर्वाचनमा प्रयोग गर्न पाउनुपर्ने विषयमा गरेका यसअघि भएका सामूहिक संघर्ष तथा पहलकदमीहरूको समेत अपनत्व लिँदै ुचुनाव चिह्न संघर्ष समितिु गठन गरी तुरुन्तै दबाबमूलक कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस