दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

पत्रपत्रिकाबाट

शुक्रबार, २८ माघ २०७८, ०६ : १७
दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ ।

१७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पु¥याउने निर्णय गरेको थियो ।राज्धानि दैनिक  मा खबर छ ।