काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन्। उनले बाहिर पदाधिकारी बैठकका समाचार आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन् ।
‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो। तर, हप्ता दिन अगाडी सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रिय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको आभास भइरहेको छ,’ उनले निर्वाचनको तयारीबारे कार्यकर्तासँग भएको छलफल कार्यक्रममा भने ।
उनले आज बसिरहेको कार्यसम्पादन सतितिको बैठक समक्ष भातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रिय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउन माग गरेका छन् ।
उनले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्ने समेत बताए । कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर जनाए । ‘नेतृत्व विहिन भातृ संगठनलाई गति दिनका लागि समयमै ठोस निर्णय लिन आवश्यक छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्व विहिन भातृ संस्थालाई गति दिनुपर्छ । यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुट्याउनुपर्छ : नैनसिंह महर
सरकारले शिक्षक महासंघसँग गरेका सम्झौता कार्यान्वयन हुनुपर्छ: महर
शिक्षा ऐन पास गर्न संसदलाई दवाव दिन आवश्यक छ : नैनसिंह महर
महाधिवेशनको मिति नतोकिँदै कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा
सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर
कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छ : नैनसिंह महर