ट्रक चालकहरुको प्रदर्शन अस्वीकार्यः ट्रडो

एजेन्सी

विहीबार, २७ माघ २०७८, १४ : ०८
ट्रक चालकहरुको प्रदर्शन अस्वीकार्यः ट्रडो

ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले देशभर ट्रक चालकहरुले गरेको प्रदर्शन अस्वीकार्य भएको बताएका छन् । राजधानी ओटावामा संसदमा बोल्दै ट्रुडोले कोभिड प्रतिबन्धको बचाउ गरे । सरकारले ल्याएको प्रतिबन्धको विरोधमा ट्रक चालकहरुले लामो समयदेखि प्रदर्शन गदैै आएका छन् । सुरुमा राजधानीमा ट्रक तेर्साएर विरोध गरेका चालकहरुले अहिले देशव्यापी प्रदर्शन गरेका छन् ।
    
संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले लागू गरेको कोभिड प्रतिबन्धको बचाउ गरे । प्रदर्शनकारीले क्यानडा अमेरिका सीमामा समेत प्रदर्शन गरेका छन् । ‘अवरोध, गैरकानुनी प्रदर्शन स्वीकार्य छैनन् र यसले व्यवसाय र निर्माणमा नकरात्मक असर गरेको छ,’ ट्रुडोले भने । 

यसैबीच, प्रदर्शनकारीलाई कुनै पनि बेला पक्राउन गर्न सकिने र दोषी ठहर भएमा उनीहरुले मुल्य चुकाउनु पर्ने ओटावा प्रहरीले चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस