काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ ।
राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो । आयोगका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित हुनुअघिसम्म नयाँ दल दर्ताका लागि निवेदन दिने दलहरूले निर्वाचनमा भाग लिन पाउने भनेको हो । राज्धानि दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ माघ २०७८, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने