काठमाडौं । सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी रहने बताएको छ ।
राजनीतिक दलको दर्ता कायम राख्दै उनीहरूलाई दलको मान्यता दिने सरकारी निकाय निर्वाचन आयोगमा हाल १ सय ५ दल दर्ता छन् । आयोगमा दर्ता भएका र आयोगले तोकेको मापदण्ड पूरा गरेका दलहरूले मात्रै निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ ।
आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामासमेत दल दर्ता जारी रहने बताएको हो । आयोगका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित हुनुअघिसम्म नयाँ दल दर्ताका लागि निवेदन दिने दलहरूले निर्वाचनमा भाग लिन पाउने भनेको हो । राज्धानि दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २७ माघ २०७८, ०७ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश